काठमाडौं । वास्तुशास्त्रकाअनुसार घोडाको तस्बिरले मानव जीवन सकारात्मक ऊर्जाको लागि विशेष भूमिका खेलेको हुन्छ । यदि सहि दिशामा मिलाएर उक्त सातवटा सेतो घोडाको तस्बिरले मानिसको भाग्य पनि परिवर्तन गर्ने सक्ने सामर्थ्य राख्ने गरेको जानकारहरु बताउँछन् । यस्तो तस्बिर कुन दिशामा लगाउनुपर्छ त्यो भने जान्न जरुरी छ, किन भने दिशाले दशालाई पनि बदल्न सक्ने सामर्थ्य राख्दछ । यदि बस्ने दिश खराब भएको अवस्थामा त्यसको प्रभावले दशा पनि कमजोर बनाउदै जान्छ । सूर्यलाई ग्रहहरुको राजा भनेर परिभाषित गरिएको छ ।
शास्त्रकाअनुसार दौडिरहेको घोडाको प्रतीक सफलता, दुरदर्शिता, चतुर्याइँ तथा तागतको प्रतिकका रुपमा व्याख्या गरिएको छ । यसबाट जीवनमा सफलता सोचेअनुसार नै मिल्ने कुरा उल्लेख गरिएको छ । लक्की नम्बर ७ को बारेमा धेरै कुरा ब्याख्या गरिएको छ । जस्तै सप्त ऋषि, इन्द्र धनुष, जहाँ सात प्रकारका किरण बन्ने गरेको छ । त्यस्तै सप्त रङ्गी किरण, बिहेको सायमा यज्ञ मण्डपमा सात पटक परिक्रमा गर्नु पर्ने नियम, सात बार लगायत अरु थुप्रै रहस्यहरु सात अंकसंग जोडिएर रहेको छ ।
पाँच महत्त्वपूर्ण विषयकोबारेमा जानकारी जसको प्रयोगबाट बदल्न सक्किन्छ भाग्य :
१ घरको बैठक कोठाको उत्तर या उत्तर पूर्व दिशामा समुद्रमा दौडिरहेको तस्बिर लगाएमा कुनै पनि भारि तथा अप्ठ्यारा कामहरु समुद्रको पानी जति हलुका हुन्छ, त्यसैगरिे काम कारोबार पनि सजिलोसँग पूरा हुने बताइएको छ ।
२ सोता सातवटा घोडाको तस्बिर विशेषगरी घरको पूर्व दिशातर्फको वालमा लगाएमा दीर्घ रोगीहरुलाई सञ्जीवनी बुट्टी सरह काम गर्दछ । शरीर स्वस्थ्य राख्न चाहिने ऊर्जा भनेकै पूर्व दिशाबाट आउने हो । अहिले सूर्यको किरणबाट विभिन्न रोग निको पार्ने सूर्य थेरापीको प्रचलन विश्वभर बढिरहेको छ।
तर, व्यवसाय तथा कार्यलयमा भने दक्षिण दिशामा राख्दा उत्तम मानिन्छ, दक्षिण दिशा महालक्ष्मीको दिशा भएकाले पनि उक्त स्थानमा राख्दा सदैव लक्ष्मीको कृपा रहिरहने उल्लेख गरिएको छ ।
३ घडाको तस्बिर घरमा राख्नाले सम्पूर्ण नवग्रह नै शान्ति हुने उल्लेख गरिएको छ । सूर्यलाई ग्रहहरुको राजा भनेर भनिएको छ । शनिको दशा चलेको समयमा घोडाको टापबाट बनाइएको रिङ्ग बायाँ हातको माझी औलामा लगाएमा समस्त रोगबाट छुट्कारा पाउने भएकाले पनि ग्रह शान्तिदेखि ढिलासुस्ती हुने काम घोडाकै गतिमा अगाडि बढ्ने कुरा उल्लेख गरिएको छ ।
४ सूर्य भगवानको रथमा सातवटा घोडा हुने भएकाले घोडाले घरमा भएका समस्त नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा बदल्ने काम गर्दछ । यसरी घोडाको तस्बिर राखेमा शुभ तथा सकारात्मक ऊर्जाको प्रवाह धेरै हुने गर्दछ । जसको कारणबाट हरेक प्रकारका समस्या हट्दै जाने फेङसुईमा उल्लेख गरिएको छ
५ कुनै पनि प्रकारका घरमा हुने बास्तु दोष सातवटा घोडा भएको तस्बिर पश्चिम दिशातर्फ फर्काएर राखेमा कुनै प्रकारका बाधा अवरोध तथा शत्रुको भय नहुने हुँदा बास्तु शास्त्रमा घोडाको महिमा बर्णन गरिएको हो । जुन सुकै मानिसले पनि घडाको तस्बिर घरमा राख्न हुने वास्तुविद्हरुले जानकारी गराएका छन् ।



