नेपालगञ्‍ज बाँके प्रहरीले चाडपर्व नजिकिँदै जाँदा अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ। नेपालगञ्जको जमुनाहा नाकामा शनिबार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले दशैँ तिहार लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको जमुनाह नाकामा सीमा क्षेत्रमा हुनसक्ने अपराध जन्य गतिविधि रोक्न तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गरिएको जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको बताए। सो कार्यमा कर्णाली प्रदेश प्रहरी केनाइन शाखा प्रमुख प्रहरी निरीक्षक बासु सुवेदीको नेतृत्वमा डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका थिए।