झापा । झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले आफ्नै कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

मेचीनगर नगरपालिका- ४ बाहुण्डागी निवासी अन्दाजी २५ वर्षीय प्रहरी जवान भद्रपुर ८ स्थित पुरानो विदुर बोडिङ्ग स्कुल नजिकै एक घरमा भाडा बस्दै आएका थिए । मृतक प्रहरी जवान कार्कीको श्रीमती पनि प्रहरीमा कार्यरत छिन् । उनी श्रीमती र नानीसँग त्यही बस्दै आएका थिए । उनले किन आत्महत्या गरेको विषयमा केही कारण नखुलेको प्रहरीले जनाएको छ ।

यता मृतकका दिदी मालाले घटना शङ्कास्पद भएको बताएकी छिन् । भाइ झुन्डिएको हेर्दा खुट्टा भुईँमै छोएको र कोठाका सरसामान छरपस्ट देखिएकोले घटना शङ्कास्पद भएको उनले बताइन् । घटनाको विषयमा प्रहरीमा उजुरी दिने तयारी पनि भइरहेको उनले बताइन । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए । ’अहिले नै केही भन्न मिल्दैन, हामी यस विषयमा गम्भीर छौ,’ उनले भने, ’हाम्रै कर्मचारीको मृत्यु भएकोले घटनाको विषयमा अनुसन्धान थालिसकेका छौँ ।’

परिवारजनको उपस्थितिमा शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah