आज दशैंको चौंथो दिन आज कुष्माण्ड भगवतीको पूजा अर्चना गरिँदै छ। कुष्माण्ड मातालाई शुभ कर्म थालनी वा सृष्टिको प्रतीकका रूपमा पूजा गरिन्छ । कुष्माण्ड भगवतीको स्वरूप नवरात्रको चौथो दिन कुष्माण्ड स्वरूप भएकी नवदुर्गा भवानीको आराधना गरिन्छ ।

देवी दुर्गा आफ्नो चौथो स्वरूपमा कुष्माण्ड नामले प्रसिद्ध हुनुहुन्छ। ब्रह्म या अण्डलाई उत्पन्न गरेका कारण वहाँलाई कुष्माण्ड नामले चिनिएको हो। तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्धचन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने देवी कुष्माण्ड आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ। देवीको स्वरूप मनोहर तथा दिव्य कान्तियुक्त रहन्छ।

कुष्माण्ड भगवतीको वाहन बाघ हो।देवी भागवतका अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व, सृष्टिको अस्तित्व नभएको बेला चारैतिर अँध्यारो नै अँध्यारो थियो । त्यस समय देवी कुष्माण्ड आफ्नो हास्य बाट ब्रह्माण्डलाई उत्पन्न गर्नुभएको थियो । देवी कुष्माण्ड साक्षात् आदि शक्ति हुनुहुन्छ। उहाँबाटै समस्त जगतको उत्पत्ति भएको हो । त्यस पूर्व यो ब्रह्माण्डको कुनै अस्तित्व थिएन । देवी कुष्माण्ड सूर्यमंण्डल अन्तर्गत आउने समस्त लोकमा निवास गर्नुहुन्छ। सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ ।

नवरात्रको चतुर्थी तिथि देवी कुष्माण्डालाइ समर्पित छ। नवरात्रको चौथो दिन माता कुष्माण्डाको साधना, पाठ, ध्यान, स्तोत्र, पूजा आदि गर्ने गरिन्छ । माता कुष्माण्ड भगवतीको भक्ति गर्नाले रोग, शोक नष्ट भई आयु, यश र बलको वृद्धि हुनुका साथै देवी कुष्माण्ड माता अल्प साधना या भक्ति मात्रले प्रसन्न हुनुहुन्छ। देवी कुष्माण्डाको अन्य नाम ; अष्टभूजा देवी, आदि-स्वरूपा, आदिशक्ति हो ।

उपासना गर्ने मन्त्र: ‘ॐ देवी कूष्माण्डायै नम:’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं कूष्माण्डायै नम:’हो। आज शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah