कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ ।

कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले देखाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा कोरोनाविरुद्धको खोप लगाई शरीरमा एन्टिबडी विकास भएकाको सङ्ख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जाँदा एन्टिबडी विकसित भएकाको सङ्ख्या घट्दै गएको पाइएको छ ।

परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले कोरोना सङ्क्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टिबडी विकसित भएको अनुसन्धानबाट देखिएको जानकारी दिए । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३.३ प्रतिशत र भेरोसेल लगाएकामा ७२.४ प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता एन्टिबडी बनेको बताए ।

परिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुरका एक हजार ७९६ जनामा अध्ययन गरेको थियो । एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अध्ययन गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको हो ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले पहिलो मात्रा खोप लगाएकामध्ये ५५.१ प्रतिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको जानकारी दिनुभयो ।

भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएको जानकारी दिँदै उनले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको बताए । उनले खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको बताए ।

यस्तै, खोप नलगाएका व्यक्तिमा ४३.९ प्रतिशतमा एन्टिबडी देखिएको छ । खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै गएको अनुसन्धानले देखाएको छ ।

सदस्य–सचिव डा. ज्ञवालीले चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३.७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको बताए । उनले अनुसन्धानकै क्रममा दीर्घरोगीमध्ये एउटै मात्र दीर्घरोगी भएका ७८.९, दुईवटा दीर्घरोगी भएकामा ७१.६९ र तीनवटा दीर्घरोगी भएकामध्ये ४२.३ प्रतिशत एन्टिबडी देखिएको छ ।

उक्त अध्ययनमा एक हजार २२७ पुरुष र ५७९ महिला सहभागी थिए । औसत उमेर ५०.५ प्रतिशतका व्यक्तिमा गरिएको अध्ययनमा १५.४ प्रतिशत सहभागीमा सङ्क्रमण देखिएको थियो ।