बागलुङ, २४ असोज । आठ दिनको हिंडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यस पटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याएका छन् ।

जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ ।

अहिले मुस्ताङका अधिकांश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ । केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भए पनि अहिले त्यसको संख्या घटेर पाँच-सात सयमा झरेको छ । मुस्ताङमै भेडा च्याङ्ग्राको मुल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए ।

‘मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य ३२ हजार पर्‍यो, एक दुई हजार नाफा खानै पर्‍यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ’, उनले भने, ‘च्याङ्ग्रीलाई समेत १७ हजार बढी मुल्य पर्ने भएको छ, आठ दिनको हिडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगमी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुने छ ।’ मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मरबहादुर क्षत्रीले बागलुङतर्फ च्याङ्गा लिएर आउदै छन् ।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रतिकेजी एक हजार ८०० कारोबार शुरु भएको छ । हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ । अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भएपनि वडा दशैमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah