नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गर्न प्रतिबन्ध गरेको छ ।

केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै क्रस होल्डिङमा प्रतिबन्ध लगाएको हो ।

पुरानो व्यवस्थाअनुसार क्रस-होल्डिङ गरी लगानी गरिरहेको संस्थापक शेयर बिक्री सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूले आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गरेको संस्थापक समूहको शेयर धितोपत्र विनिमय बजारमार्फत खरिद/बिक्री गर्नसक्ने व्यवस्था गरेको थियो । यसका लागि सर्तहरू पनि निर्धारण गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थामा लगानीमा रहिरहेको संस्थापक समूहको शेयर नेपाल धितोपत्र विनिमय बजार मार्फत कारोबार गर्न सक्ने गरी छुट प्रदान गरिएको हुनुपर्ने उल्लेख थियो ।

त्यस्तै संस्थापक शेयर नामसारी वा बिक्री गर्दा संस्थापक सेयरधनीहरूको रुपमा रहिरहेका अन्य सदस्यहरुलाई प्राथमिकता दिनुपर्ने एकीकृत निर्देशन नं. १० को व्यवस्था यस प्रयोजनको लागि लागू नहुने पनि भनिएको थियो ।

धितोपत्र विनिमय बजार मार्फत शेयर खरिद गर्ने व्यक्ति/संस्था समेत संस्थापक समूहमा नै कायम रहने उल्लेख थियो ।

संस्थापक समूहको शेयर खरिदकर्ता कर्जा सूचना केन्द्र लि. को कालोसूचीमा समावेश नभएको हुनुपर्ने र प्रचलित कानुन तथा यस बैंकबाट जारी गरिएका निर्देशन बमोजिम संस्थापक सेयर/संस्थापक समूहको शेयर खरिद गर्न अयोग्य नभएको स्वःघोषणा शेयर खरिद गर्दाको अवस्थामा नै पेस गर्नु पर्ने सर्त थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah