दसैँको आठौँ दिन जनकपुरधामका शक्तिपीठहरूमा खोँइछ भर्नका लागि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ । राजा जनकको कुल देवी रहेको राजदेवी मन्दिर सहित जनकपुरधामको विभिन्न स्थानमा विवाहित महिला श्रद्धालु भक्तजनहरूले सप्तमी तिथि देखि नै खोँइछ भरिरहेकी छिन् ।
खोँइछ भर्नको लागि हजारौँको सङ्ख्यामा महिला श्रद्धालु भक्तजनहरू समेत राजदेवी मन्दिर सहित रामानन्द चौक, मुरली चौक, पिडरीयामाइ स्थान लगायतका स्थानमा खोँइछ भरिरहेकी छिन् ।त्यस्तै प्रसाद चढाउनको लागि गए राति ११ बजे देखि नै श्रद्धालु भक्तजनहरू पङ्क्तिमा लामबद्ध छन् । हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू प्रसाद चढाउन पङ्क्तिमा लामबद्ध भएका हुन् ।










