राष्ट्रिय

माइक्रोबस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


  काठमाडौं   रासस   २०७८ आश्विन २७, २१:२०

राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक बुधवार माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

राजविराजबाट विराटनगर जाँदै गरेको ना१ज ७४१८ नम्बरको माइक्रो बसले विपरीत दिशाबाट आइरहेको स२प ३४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार हनुमाननगर कंकालिनि नगरपालिका–१० बस्ने १६ वर्षका संम्रिधकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि विराटनगरतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१० बस्ने २२ वर्षको अरविन खङ्ग घाइते भएका छन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालामा उपचार भइरहेको छ ।

मोटरसाइकल र माइक्रो बसलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार