काठमाण्डाै – प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छिन् । सर्वाेच्च अदालतकाे आदेशपछि रुवी खान रिहा हुनुभएकाे हाे ।

राष्ट्रिय मानव अधिकार आयाेगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी माेहना अन्सारीले ट्विटरमार्फत यसकाे जानकारी दिनुभएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे थियो ।

रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गर्नुभएको थियो । उहाँलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको थियाे ।

https://twitter.com/MohnaAnsari/status/1448630486222340099?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1448630486222340099%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F59850%2F2021%2F10%2F14%2Frubi-khan-released