झापा – झापाको कचनकवल गाउँपालिका ३ मा रहेकाे एक माछा पोखरीमा नचिनेकाे मानिसकाे समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँ रहेकाे सक्षम युवा कृषि फार्मको माछा पोखरीमा नचिनेकाे मानिसकाे समूहले विष हालेपछि माछा मर्न थालेको कृषि फार्मका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो ।

‘चार दिनयता माछा मरिरहेका छन्’, गौतमले भन्नुभयो, ‘कुखुराको आन्द्राभुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।’ गएकाे सोमवारदेखि माछा मर्न थालेको उहाँको भनाइ छ । झन्डै आधा किलो तौल भएको माछा उहाँले केही दिन अघिदेखि मात्र बिक्री गर्न थाल्नुभएको थियो । ‘सोमवार आठ/दश वटा माछा मरेको भेट्यौँ’, उहाँले भन्नुभयो, ‘त्यसको भोलिपल्ट मङ्गलवार ५० वटा जति, बुधवार एक क्विन्टल र आज दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।’

पोखरीमा १० हजार माछाको भुरा हालेको उहाँको भनाइ छ । पोखरीमा हालिएको विषका कारण झन्डै १० क्विन्टल माछा मर्ने र त्यसबाट तीन लाख रुपैयाँभन्दा बढी घाटा हुने उहाँले बताउनुभयो । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उहाँले बताउनुभयो । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उहाँले जानकारी दिनुभयाे ।

सक्षम युवा कृषि फार्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताउनुभयो ।

पोखरीमा विष हालिएको विषयमा उहाँले प्रहरी चौकी पथरियामा समेत निवेदन दिनुभएको छ । निवेदनपछि आफूहरूले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सुरेशकुमार शेर्माले बताउनुभयो । ‘माछा मरेको छ’, उहाँले भन्नुभयो, ‘अनुसन्धान गर्दैछौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah