मनसुन बाहिरिए पनि यो साता देशका विभिन्न भागमा सामान्यदेखि भारी वर्षाको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आगामी बुधबार (३ कात्तिक) सम्म देशका विभिन्न भागमा वर्षा हुने जनाएको हो।

विभागका अनुसार, हाल बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली क्रमशः उत्तरतिर सरिरहेको छ। त्यसमा पश्चिमी वायु प्रणालीको प्रभावसमेत थपिएका कारण नेपालमा कम्तीमा बुधबारसम्म पानी पर्नेछ।

सोमबार र मंगलबार खास गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तर, केही स्थानमा भने मेघ गर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सोमबार र मंगलबार बाँकी प्रदेशका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको संभावना छ।

त्यसैगरी, बुधबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघ गर्जन र चट्याङ/हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी प्रदेशका केही स्थानमा समेत बुधबार हल्कादेखि मध्यम वर्षाको संभावना छ।
विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको समेत संभावना रहेकाले यात्रा तथा कृषि कार्य गर्दा सजक रहन सचेत गराएको छ।
देशको तराई र मध्य पहाडमा धान काट्ने वेला भएकाले अहिलेको वर्षाले धानबालीलाई असर पार्नेछ। काटेर सुकाएको धानमा पानी पर्दा त्यसले चामलको गुणस्तर बिगार्ने मात्र नभई उत्पादन समेत घटाउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah