गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली नै नेपालमा कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत रहेको आरोप लगाउनुभएको छ । ओली कम्युनिस्ट आन्दोलन समाप्त गर्ने दिशामा लागेपछि नेपालमा कम्युनिस्ट पार्टीको रूपमा एकीकृत समाजवादी पार्टी गठन भएको नेता चौधरीले बताउनुभयो ।

एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम भेलालाई आज सोमवार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै नेता चौधरीले देशको मुहार परिवर्तन गर्नका लागि एकीकृत समाजवादी पार्टीले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरूसँग एकता गर्दै कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने दाबी गर्नुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका चौधरीले केपी ओलीको पार्टीले आउँदो चुनावमा नागरिकसँग मत माग्ने नैतिकतासमेत गुमाएको टिप्पणी गर्नुभयो ।

ओलीले नेतृत्व गरेको पार्टीले आउँदो चुनावमा फेरि पनि नागरिकलाई झुक्याएर मत मागे पनि नागरिकले अब उनको झुट र भ्रमलाई साथ नदिने नेता चौधरीको भनाइ थियो । उहाँले केपी ओली नेतृत्वको पार्टी नेपालबाट चाँडै नै विलय भएर जाने तर्कसमेत गर्नुभयो । ओलीलाई कम्युनिस्ट पार्टीको नाम बिक्री गरेर झापाबाट पटक–पटक चुनाव जित्दै आएका भनेर आरोप लगाउँदै नेता चौधरीले आउँदो चुनावमा झापाबाटै चुनाव जितेर देखाउन चुनौती दिनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाँक्री, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले सच्चा कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न एकीकृत समाजवादी नै एउटा मुख्य शक्ति भएको बताएका थिए । उज्यालो अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah