आइतबारदेखि परेका अविरल वर्षाका कारण कञ्चनपुरमा दुई सय घर डुबानमा परेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ ओदाली र दोधारा चाँदनी नगरपालिका–१० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा ती घर डुबानमा परेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अविरल बर्षा कारणले माहाकाली नदीमा पानीको सतह वढ्दा त्यहाँ करिब २ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

घरहरु डुबान परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गड्डा चौकी र ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।