मोरङ, २ कातिक । असोज २५ गते मोरङस्थित सिटिजन बैंकमा हतियारसहित लुटपाटको प्रयास गर्ने थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको अररिया फारवेसगञ्ज–१० का २० वर्षीय रोशन यादव छन् । उनको साथबाट एउटा पेस्तोल, त्यसको म्यागजिन र लागुऔषध गाँजा पनि फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

सोही लुटपाटमा संलग्न तीन जनालाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो । विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव, भारत अररिया गोराहा–४ का ३० वर्षीय बिजय सहनी यसअघि नै पक्राउ परेका थिए ।

मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंकमा लुटपाट भएको थियो । उनीहरुले यसअघि असोज २२ गते बिराटनगर महानगरपालिका–७ को सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका सञ्चालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको समेत खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah