केहि दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले गौरीगञ्ज १ का ४० घर डुबानमा परेका छन् ।

गौरीगञ्ज १ को झोडा होकलबारी बस्तीमा माइखोलाको बाढी आइ ४० घरपरिवार डुवानमा परेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रभावित घरपरिवारका मानिसहरु सुरक्षित घरहरुमा गई बसेको र त्यस ठाउँमा दुवैतिरबाट खोला बगेको कारण तत्काल प्रहरी टोली जान सक्ने अबस्था नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस स्थानमा स्थानीयले प्रयोग गर्ने एउटा नाउ समेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रतिदिन दैनिक बाट