काठमाडौं । बाढी पसेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको हो । सोही अनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरेका छन् । यसअघि बुधबारका लागि निर्धारित उडानहरुसमेत रद्द गरिएका छन् । यो विमानस्थल नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय