गलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि योजनाबद्ध रुपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा काठमाडौंस्थित बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरिएको छ ।
हालै बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा बुधवार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले दूतावासअगाडि प्रदर्शन गरेको हो ।
संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापन पत्र पनि बुझाएको छ ।
प्रदर्शनका क्रममा सम्बोधन गर्दै संघका अध्यक्ष रवि प्रजापतिले कुनै पनि देशका जनताहरूले आफ्नो धर्म मान्न पाउने अधिकारलाई सरकारले सुरक्षित गरिदिनुपर्ने माग आफूहरूले राजदूतलाई राखेको बताए ।
बंगलादेशमा अक्टोवर १३ देखि १५ को बीचमा साम्प्रदायिक हिंसा भएको र हिन्दूहरूमाथि योजनाबद्ध रुपमा आक्रमण भई ८ जनाको मृत्यु भएको तथा ६०० भन्दा बढी घर जलाइएको संघले जनाएको छ ।