ताप्लेजुङ – निरन्तर पानी परिरहँदा तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो ।

गएकाे आइतवारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमवारदेखि मोबाइल सेवासमेत बन्द भएको छ ।

ल्यान्ड लाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवराेध भएको छ । साथै बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमसमेत प्रसारणमा समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै सरकारी कार्यालय तथा सङ्घ–संस्थाको कार्यसम्पादनमा समस्या भएको छ ।

हिजाे मङ्गलवार र आज बुधवार इन्टरनेट बन्द भएपछि वित्तीय कारोबार साथै बैंकिङ कारोबारमासमेत समस्या भएको छ ।

ताप्लेजुङमा मोबाइल सेवामा अवराेध हुँदा प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । मोबाइल सेवामा अवराेध भएपछि जिल्ला बाहिरबाट आउने तीर्थयात्री तथा पर्यटक ताप्लेजुङको सदरमुकाम फुङलिङमा अलपत्र परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय