विराटनगर / नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिडमा बाढी पसेपछि हिजो राति देखि प्रदेश १ को अधिकांश जिल्लाहरूमा विद्युत अवरुद्ध भएको छ । निरन्तरको वर्षाको कारण ग्रिडको सब स्टेसनको कन्ट्रोल बोर्डमा नै पानी पसेकोले पानी नघटे सम्म विद्युत आपूर्ति हुन नसक्ने प्राधिकरणले जनाएको छ । लामो समय सम्म विद्युत अवरुद्ध हुँदा अहिले मोबाइल फोन समेत राम्रो सँग सञ्चालन हुन सकेका छैनन् ।

बुधबार दिनभर पानी निकासा गर्न नेपाली सेना , नेपाल प्रहरी , लगायत सुरक्षाकर्मि परिचालित गरिएका थिए । ग्रिडमा जमेको पानी घटउने र अबरुध बाटो खुलाको छ । जमेको पानी निकासा गर्न २ वटा डोजरले दुहबी-इनरुवा सडक खण्डको सडक भत्काएर पानी निकासा गरेकाे छ। दुहबीमा बस्ता खोला, धनुस्ना खोला टेङ्रा खोला लगायत खोल्साहरु मिचेर बाटो संरचना बनाउदा दुहबी बस्ती तथा बजार क्षेत्र डुबान हुने गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्युत प्राधिकरणले भने विद्युत सुचारु हुन समय लाग्ने बताए । प्राधिकरणका अनुसार ग्रिडमा जम्मा भएको पानी फाल्ने कार्य भैसकेकाे रभिजेका मेशिन, उपकरणहरु सबै सुकाएपछि मात्र विद्युत सुचारु गरिने बताइएकाे छ । भाेली मैसम अनुकुल रहे सम्भवत भाेली बेलुकादेखी विद्युत सुचारू हुने जनाएकाे छ ।