काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न आज गृहप्रदेश सुदूरपश्चिम जाँदैछन् । उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि हुनेछन् ।

 

प्रधानमन्त्री देउवा डडेलधुरा र पर्यटनमन्त्री आले डोटीका जनप्रतिनिधिसमेत हुन् ।

आज विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै डोटीको दिपायल पुग्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्रीको टोलीले बझाङको थालारा र चैनपुर, बैतडीको ढुंगाड, डडेल्धुरा सदरमुकाम पुग्नेछन् ।

त्यस्तै जोगबुढा, महेन्द्रनगर, दोधारा चाँदनी लगायतका स्थानमा पुगेर बाढी पहिरोको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको टोली शुक्रबारमात्र काठमाडौं फर्किनेछ ।

बेमौसमी वर्षापछिको बाढी र पहिरोमा परि सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा धेरै क्षति पुगेको छ । आइतबारदेखि बुधबारसम्म देशभर वर्षा भएको थियो । बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा २० जनाको मृत्यु भएको छ भने सयौं परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर