
प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि सुदूरपश्चिम जानु भएको छ । बिहान सेनाको हेलिकप्टरमार्फत काठमाण्डौबाट सुर्खेत हुँदै उहाँ सुदूरपश्चिम जानु भएको हो । निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री देउवाले दिपायलमा रहेको सैनिक ब्यारेकमा बिफ्रिङ लिनु हुनेछ । त्यस पछि उहाँले बझाङको थलारा र चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कञ्चनपुर महेन्द्रनगरको अवलोकन गर्नुहुनेछ । उहाँले दोधारा–चाँदनी हुँदै कैलालीको धनगढीको पनि अवलोकन गर्ने तालिका छ । उहाँ भोलि काठमाण्डौ फर्कने कार्यक्रम छ ।