
कोरोना संक्रमण दर पुनः ह्वात्तै बढेको छ। दोस्रो लहरको सुरुवात पछि सबैभन्दा कम रहेको संक्रमण फेरि वृद्धि भएको हो। असोज २५ गते कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा कम थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार यो संक्रमण दर दोस्रो लहरपछिको सबैभन्दा कम दैनिक संक्रमण हो। कुल १२ हजार ४ सय ४ जनाको परीक्षण गर्दा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो।
मंगलबार १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार ९ हजार ९ सय १६ जनाको परीक्षण गरिएको थियो। सोमबार ९ हजार ६ सय ९७ जनाको परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना देखिएको थियो। मंगलबार झण्डै दोब्बर बढी संक्रमित थपिएका छन्। कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भाइरसले संक्रमण वृद्धि गराएको छ।
त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा। निरज बम दसैंपछि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने बताउँछन्। ‘केही दिन संक्रमण दर घट्दैमा डेल्टा भाइरस कमजोर भएको ठान्नु हुँदैन। ढुक्क भएर बस्ने अवस्था छैन। तिहार र छठपछि संक्रमण पुनः वृद्धि हुन सक्छ,’ डा। बमले भने। अहिले शिक्षण अस्पतालमा ५३ जना कोभिड संक्रमितको उपचार भइरहेको छ। त्यसमा कतिपय कोरोना विरुद्धको खोप लगाइसकेका व्यक्ति पनि छन्।
हालसम्म १८ वर्ष माथिका ४३ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको प्रवक्ता डा। पौडेलले बताए। उनका अनुसार ३२।६ प्रतिशत व्यक्तिले पूर्ण मात्रा खोप लगाएका छन्। नेपालमा कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ।
काठमाडौं उपत्यकामा पूर्णमात्रा खोप लगाउनेको संख्या ७४ प्रतिशत छ। त्यस्तै पहिलो मात्रा लगाउनेको संख्या झन्डै ८१ प्रतिशत पुगेको डा। पौडेलले जानकारी दिए। मुलुकभर २ करोड १५ लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ। चैत मसान्तसम्म सबै लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्तामा नेपाललाई अनुदान स्वरूप २० लाख डोज कोरोना खोप दिने घोषणा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वरिष्ठ जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनीका अनुसार सहरी क्षेत्रमा कोरोना विरुद्धको खोप लगाइसकेको र भारतबाट घर फर्केकाले पनि खोप लगाएका कारण तुरुन्तै संक्रमणको वृद्धि नदेखिएको हो। ‘केही समय पर्खनुपर्छ। अहिले परीक्षण नगराउनेहरू पनि छन्। छठसम्म संक्रमणको अवस्था के कस्तो रहन्छ रु त्यो विचार गर्नुपर्छ,’ उनले भने।
सातायता दैनिक ५० जनाको हाराहारीमा परीक्षण भइरहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। सुमित्रा गौतमले बताइन्। ‘संक्रमण दर न्यून देखिएको छ। बेडहरू खाली हुन थालेका छन्,’ उनले भनिन्, ‘तर पनि जोखिम घटेको छैन। ढुक्क हुने अवस्था भइसकेको छैन।’