भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर नगर परिक्रमा गराइएको छ । डा। सिके राउतको पार्टी जनमत पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका हुन् ।
जनमत पार्टीले जनकपुर उपमहानगरपालिका मेयरलाई कालोमोसो र हिलो दलेर नगर परिक्रमा गराउने कार्यक्रम राखेको थियो । तर, नगरप्रमुख भागेपछि खानेपानी कार्यालयका प्रमुखलाई नगर परिक्रमा गराएका हुन् । सोही क्रममा प्रहरीले एक दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।
जनमत पार्टीका केन्द्रीय सदस्य विपी शाहले खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको बताए । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारवाहीका लागि उत्रिएको उनको भनाइ छ ।
भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारवाही गरिने बताए ।
जनमत पार्टीले त्यस्ता भ्रष्टाचारीलाई जहाँ पायो त्यहीं समातेर नगरपालिकाको ढल, बाढी, हिलो र कटानमा हिँड्न लगाइने समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय