बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नेतृत्वको सरकारले दुई महिना दुई दिन पूरा गरेको भन्दै प्रमुख उपलब्धि सुनाएकी छन् । बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो नेतृत्वको सरकारले छोटो समयमै धेरै उपलब्धि हासिल गरेको दाबी गरेकी हुन् ।

 

मुख्यमन्त्री शाक्यले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै प्रदेश सरकारका मन्त्रीहरुका लागि आचारसंहिता लागू गरेका, प्रदेशमा स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना बनाइएको उल्लेख गरिन् । उनले सिन्धुपाल्चोकमा केही महिनाअघि आएको बाढीपहिरो प्रभावितका लागि ९० लाख रुपैयाँ पठाइएको, विपद् व्यवस्थापनमा प्रत्येक जिल्लामा १०–१० लाख रुपैयाँ पठाइएको पनि बताइन् ।

प्रदेश सरकार आत्मनिर्भरतर्फ उन्मुख भएको, वित्तीय अनुशासन कायम गर्न आवश्यक सजगता अपनाइएको, सबैभन्दा कम बेरुजु हुने प्रदेशका रुपमा बागमती प्रदेश स्थापित भएको उनको दाबी छ । उनले सुशासन कायम गर्नका साथै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको, १३ वटै जिल्लामा पीसीआर मेसिन र अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि बताइन् ।

उनले सुदृढ राष्ट्रिय अर्थतन्त्र विकास गरेरमात्र समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने प्रस्ट पारिन् । आफ्नो नेतृत्वको सरकारले समाजवाद उन्मुख कार्यक्रमको प्रारम्भिक खाका तयार पारेको पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय