काठमाण्डाै – बाढी, पहिरो र डुबान प्रभावितहरुलाई खाद्यान्न लगायतका आधारभूत समस्या भएमा तत्काल खबर गर्न सरकारले आग्रह गरेको छ ।

सङ्घ, प्रदेश र पालिका गरी तीनै तहको सरकारले प्रभावितहरूका लागि हिजोदेखि राहत वितरण गरिरहे पनि पहुँचमा पुग्न नसकेका वा समस्यामा परेकाहरुले तत्काल खबर गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

अहिले बाढी र पहिरोका कारण धेरै मानिस स्कुल लगायतका सार्वजनिक ठाउँमा आश्रय लिएर बसिरहेका छन् ।

पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले हिजोदेखि त्यसरी बसेकाहरुलाई खाद्यान्न लगायतका सामग्री वितरण गरिरहेको छ । तर कोही छुटेका भएमा, कसैलाई समस्या भएमा पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गर्न मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो ।

पालिकाहरुले पनि आफ्नै तरिकाले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानको व्यवस्थापन गरिरहेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताउनुभयो । यस्तै जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पनि राहत वितरणको काम भइरहेको छ।

जिल्ला विपद् व्यवस्थापन कोषमा राहतका लागि जम्मा भएको रकमले नपुग्ने अवस्था आएमा भने तत्काल गृह मन्त्रालयसँग माग गर्नुपर्ने र गृहले तत्काल रकम उपलब्ध गराउने उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah