
लागूऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा १ महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
ती महिलाको तिघ्रामा लुकाइएको १४ पोकामा ७ किलो चरेश रहेको थियो । बरामद भएको चरेशको बजार मूल्य करीब ५ लाखभन्दा बढी रहेको छ ।
पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।