काठमाडौं । डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१, सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप स्टेरिङ फेल भई दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ठूलीभेरी नगरपालिका–९, भित्तीमा आइतबार भएको जीप दुर्घटनामा परी ९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।



