झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।

गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’ आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएको पनि बताए । उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्‍याउछन् र पाँच वर्ष सरकार चलाउछन् ।