काठमाडौं, ८ कात्तिक । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् । सोमबार विज्ञप्ति जारी गरेर डा. केसीले न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् ।

‘न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाका लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

जबराको पदीय हैसियतको अवज्ञा गर्न अपील गर्दै तत्काल राजीनामा नदिएमा उनको पदमुक्तिका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने पनि विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर