राष्ट्रिय

सरकारले भन्यो- परिचयपत्र नखुलेकालाई कोठा भाडामा नदिनु


  काठमाडौं   सवाल नेपाल   २०७८ कार्तिक ८, २२:०५

सरकारले परिचयपत्र बिनाका कोही कसैलाई घर,कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृहमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परिचयपत्र नखुलेका व्यक्तिलाई कामकाजमा समेत नलगाउन अनुरोध गरेको हो ।

साथै मन्त्रालयले पहिचान नखुलेका विदेशी नागरिक देखिए प्रहरीलाई खवर गर्न पनि भनेको छ । ११ जना अफगान नागरिक ‘शरणार्थी’ लुकिछिपी काठमाडौमा बसेको भेटेपछि गृह मन्त्रालयले यस्तो सुचना जारी गरेको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार