काठमाण्डाै - काठमाण्डाैकाे सोल्टीमाेडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ ।

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगो लागेको हो । दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।