केबि महरा/ कैलाली : यो बर्षको शीतलहर, मौशम अगावै देखापरेको छ ।
तराईका जिल्लामा विगतका बर्षहरुमा कार्तिक महिनाको मध्य तथा अन्ततिर मात्रै शीतलहर देखा पर्ने गरेको भए पनि यो बर्ष भने मौशममा फेरबदल तथा जलवायुमा परेको असर तथा परिवर्तनका कारण गत बर्षको अनुपातमा सिजन अगावै मौशममा फेरबदल देखिएको हो ।
नेपालमा बर्षा यामको अन्त सङ्गै चिसोयाम सुरु हुने गरेको छ ।
मानविय गतिविधिका कारण प्रकृतिमा परेको गहिरो असर र त्यसले जलवायुमा पुर्याउने प्रभावका कारण यो बर्षको शीतलहर, मौशम अघिनै देखिएकाले यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तर्फ मौशमबिदले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शीतलहरले बालबालिका तथा वृद्ध अवस्थामा रहेका लाई तुलनात्मक रुपमा बढी असर पुर्याउने भएकोले उनीहरुको स्वास्थ्य प्रती सचेत रहन स्वास्थ्यबिद हरुले सुझाएका छन्।



