काठमाडौँ– कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ ।

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा बुधबार कामदार पठाउन सुरु गरिएको हो । कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि कोरिया जान सुरु गरेको बैदेशिक रोजगार विभागले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो चरणमा ४८ जना श्रमिकहरु बुधबार कोरिया पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए। उनले कोरियामा गएर काम गरी नेपाल आएका कामदारहरु पुनः कोरिया पठाउनन थालिएको बताए ।

पहिलो चरणमा ५० जना पठाउँनु पर्नेमा प्राधिक कमजोरिका कारण ४८ जना मात्रै पठाउन लागिएको उनले जानकारी दिए । महानिर्देशक काफ्लेले कोरियाबाट कमिटेड वर्कर १ सय १९ मध्ये ४८ जनालाई पहिलो चरणमा पठाइएको बताए । उनले अन्य कामदारलाई पनि दुबै मुलुकबीच समन्वनय गर्दै अगाडि बढ्ने जनाए ।