झापा, २०७८ कार्तिक ११ गते । झापाको बुद्धशान्ती गाऊपालिका ३ स्थित बुधबारे चौक स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाऊपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि.क. र ईलाम कोल्बुङ गाऊपालिका २ कुटि डाडा का २३ बर्षीय सुलभ गुरुङ रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय