प्रतिनिधि सभाको बिहीबारको बैठक पनि एमालेले अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए।

अहिले एमालेका सांसद्हरु नाराबाजी गरिरहेका छन्। सभामुखले बाढी पहिरोले पुर्‍याएको क्षति तथा समसामयिक विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमालेका सांसद्हरुले अवरोध जारी राखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत भदौ २३ गतेदेखि सुरु भएको नवौं अधिवेशनका सबै बैठकमा एमालेका सांसद्हरुले अवरोध गरिरहेका छन्।