काठमाडौं, ११ कात्तिक : नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो ।

ती मध्ये ५१ प्रतिशत समावेशी कोटाबाट आउनेछन् भने ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउनेछन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयन हुने मापदण्ड तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रति निर्वाचन क्षेत्र १५ सय पार्टी सदस्य बराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् भने जिल्लाबाट एकजना दलित प्रतिनिधि अनिवार्य गरिएको छ ।

हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५/५ जना महाधिवेशन प्रतिनिधि आउने छन् ।

केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् । पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah