दमक/झापाको गौरादहमा आज ( शुक्रबार) बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । गौरादह ४ स्थित स्कुलचौन  – चप्रामारी धरधरे सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का अन्दाजी ४० बर्षिय भानु भनिने वेणु अधिकारीको मृत्यु भएको हो ।

विपरित दिशामा रहेका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर बिहान ८ बजे भएको दुर्घटनामा मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको घटनास्थलमानै ज्यान गएको गौरादह ट्राफिक प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अधिकारीले चलाएको मोटरसाइकल र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका ट्राफिक प्रहरीको भनाई छ । सो दुर्घटनामा ५४१६ नम्बरको मोटरसाइकलका चालक गौरादह ५ चप्रामारीका ३० बर्षिय अनुप राजवंशी र पछाडी सवार १६ बर्षिय ललित शर्मा । घाईते भएका छन । उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।