झापा । झापा गाउँपालिका वडा १ र २ का बासिन्दाहरू राहत नपाएको भन्दै आन्दोलित भएका छन् । बाढीपीडित जसले पाउनु पर्ने राहत उसले पाएन, नपाउनु पर्ने घरपरिवारका सबैले पाए भनेर उनीहरू आन्दोलित भएका हुन् । सयौँको सङ्ख्यामा बिहीबार बिहानदेखि आएका मानिसहरू दिनभरि भोक भोकै बसेर वडा अध्यक्षसामु गुनासो पोखिरहेका थिए ।
‘हामीहरूलाई पनि राहत उपलब्ध गराइदिनु पर्‍यो’ भन्दै वडा नं १ र २ का मानिसहरू वडा अध्यक्षको कार्यकक्षमै हुलका हुल प्रवेश गरेका थिए । कति मानिसहरूले भन्दै थिए– सबै राहत काँग्रेसको मान्छे मात्र पाए । फेरि कसैले भन्दै थिए –सबै राहत एमालेका मान्छेले मात्रै पाए । वास्तविकता खास गरेर कुन क्षेत्रको मानिसले राहत पाउनु पर्ने कसैलाई थाहा नै छैन । हो–हल्ला गरेर जनतालाई उचालेर आफूलाई जनतासामु हिरो बन्ने दाउँमा राजनीतिक गर्ने व्यक्तिहरू देखिन्थे ।

वास्तविकता कसको लागि राहत आएको हो ?
अन्तर्राष्ट्रिय संस्था विश्व खाद्य कार्यक्रमअन्तर्गत झापा जिल्लाको माई नदीको छेउछाउको तटीय क्षेत्रमा बसोबास गर्ने वा मौसम पूर्वानुमानमा आधारित अग्रिम विपत् कार्यक्रम अन्तर्गत बसोबास गर्ने मानिसहरूको लागि उक्त राहत रकम आएको जिल्ला रेडक्रस शाखाका सभापति लोकराज ढकालले बताए । सभापति ढकालका अनुसार झापा जिल्लाको माई नदीको वारिपारि ४ वटा पालिकाका बासिन्दाहरूले राहत पाएका छन् । गौंरीगञ्ज गाउँपालिका , शिवसताक्षी नगरपालिका , कनकाई नगरपालिका र झापा गाउँपालिकाका गरी जम्मा १ हजार ६ सय ६५ घरधुरीलाई १३ हजार ५ सय रुपैयाँका दरले राहत उपलब्ध गराइएको उनले बताए ।
नामावली सार्वजनिक नगरी आ –आफ्नो मान्छेलाई मात्र राहत वितरण गरेको भन्दै आन्दोलित बनेका झापा गाउँपालिका वडा नं १ र २ वासीको एउटै माग रहेको छ – कुन कुन व्यक्तिले राहत पाए त उनीहरूको नाम सार्वजनिक गरियोस् ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत रेडक्रस झापा शाखाको सहयोगमा झापा गापामा ६७२ घरधुरीले राहत पाएका छन् । वडा १ मा २६८ घर , वडा २ मा २२३ घर , वडा ३ मा ८६ घर र वडा ७ मा १२५ घरधुरीले १३ हजार ५ सयको दरले राहत पाएको कुमरखोद उपशाखा सभापति सुन्दरलाल गणेशले बताए ।
टाइम्स अफ प्रदेश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah