उदयपुर / उदयपुरको बेलका नगरपालिकास्थित आन्तरिक पर्यटकीय स्थल भुतिया दहमा डुबेर एक युवकको ज्यान गएको छ । पर्यटकीय स्थल घुम्न आएका ती युवकको पौडी खेल्ने क्रममा डुबेका हुन् । बेलका नगरपालिका– ५ मा रहेको भुतिया दहसँगैको झरनामा नुहाउने क्रममा खुट्टा चिप्लिएर दहमा खसेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएका छन् ।

दहमा डुबेर मोरङ सुन्दरहरैचा नगरपालिका– ४ बलियाका २२ वर्षीय डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । दहमा डुबेका सिलवाललाई प्रहरीको सहयोगमा ५ घण्टापछि निकालिएको थियो ।

 

 

पुर्बेली न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय