राजविराज–तिलाठी सडक खण्डअन्र्तगत सप्तरीको छिन्नमस्त गाउँपालिका वडा १ स्थित बीरपुरचोकको पुलमा शनिबार दुर्घटनामा परेको कार । तस्वीर ः अरुणकुमार यादव, रासस

२९० गणक छानिए-गणनाका लागि जिल्लामा २९० गणक छानिएका छन् । आगामी कात्तिक २५ देखि ९ मङ्सिर मसान्तसम्म जनगणना सञ्चालन हुँदैछ । दश स्थानीय तह रहेको जिल्लामा खटिने गणक छनोटदेखि नियुक्तिको प्रक्रिया पूरा गरिएको जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी)ले बताउनुभयो । “छनोट भएका गणकका लागि १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम आयोजना गरिएको गरिएको छ”, उहाँले भन्नुभयो, “तालिम सकिएलगत्तै तोकिएको क्षेत्रमा पठाएर जनगणनाको काम सुरु गरिनेछ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय जनगणनाको कार्यालय कुभिन्डेअन्तर्गत खार्पा, स्थानीय जनगणनाको कार्यालय हलेसीअन्तर्गत दुर्छिम, स्थानीय जनगणनाको कार्यालय दिक्तेल र स्थानीय जनगणनाको कार्यालय खोटाङबजारमा गणकका लागि तालिमको आयोजना गरिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गणनाअन्तर्गत करिब ४२ हजार घरपरिवार सूचीकरण भएको छ ।

गत ३० भदौदेखि १८ असोजसम्म जिल्लाका ती सबै स्थानीय तहमा कर्मचारी खटाएर घरपरिवार सूचीकरण गरिएको थियो । यस क्रममा सूचीकरणमा परेका तथा सूचीकरणमा छुट भएका घरपरिवारको मुख्य गणना हुने जनगणना उहाँले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख छ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ थियो ।