काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम विजयी भएको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको सातौँ मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ३४ औँ मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १–१ गोलको बराबरीमा ल्याए । ३८ औँ मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । खेलको ५० मिनेटमा इज्री कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो ।

खेलको ८० औँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्याम लिगको चौथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले १० खेलमा २० अङ्क जोडेको छ ।

यस्तै, गएराति नै भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । लिड्सले नर्विच सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah