काठमाण्डाै – नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ ।

आज बिहीवार हामीसँगकाे कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको हो । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वाभाविक भएको बताउनुभयो । उहाँले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल प्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ सङ्गठनहरूले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा प्रति लिटर सात रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा तीन रुपैयाँमात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले नागरिकलाई मारमा नपार्ने बताउनुभयो । उहाँले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढिरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताउनुभयो ।

कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, ‘यो सरकारी संस्था हो, अस्वाभाविक हुँदैन, सबै चिज पारदर्शी नै हुन्छ । अस्वाभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढङ्गले सोचिएको हो र यो १०० प्रतिशत स्वाभाविक हो । यो स्वाभाविक हुनलाई धेरै तथ्य–तथ्याङ्क भन्नै पर्दैन, बजारमा लिक्विडिटी अभावको स्थिति हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दात, घाटकोे स्थिति हेर्नुहोस्, एक वर्षअघि कति मूल्य थियो आज कति छ हेर्नुहोस्, मूल्य दाेहाेराे बढिसकेको छ, बैंकमा लिक्विडिटीको अवस्था हेर्नुहोस्, यी सबै चिजले यसलाई अस्वाभाविक कसरी भन्ने ? यो विषय उपभोक्ता मारमा पर्ने भन्ने विषय नै होइन, तेल भनेको राजनीतिक कुरा होइन, सार्वजनिक कुरा हो, सरकारले सबै चिज सित्तैमा बाँड्नुपर्छ भन्ने हुन्छ कहीँ, यही चिज निजीमा भएको भए कोही बोल्दैन थिए, आजको दिनमा राजनीति गर्ने एउटै चिज छ, त्यो भनेको तेल हो, तेलमा अन्तर्राष्ट्रिय राजनीति छ, खाडी देशहरू रातारात कसरी धनी भए यो हामीलाई थाहा छ, त्यसैले जहिल्यै पनि विश्वको अर्थतन्त्र अलिकति घटबढ भयो भने तेलको मूल्यले अर्थतन्त्रलाई नराम्ररी हान्छ, तेलको मूल्य अब के हुन्छ भन्ने विषय अनुमानकै आधार हो । त्यसैले तेलको मूल्य आउँदा दुई वर्ष स्थिर हुने स्थिति देखिँदैन, बढ्दै क्रममा हुन्छ र यो १०० डलर प्रति ब्यारेलसम्म पुग्छ । यो के हो भने आज हामी ८० मा छौँ, निगमलाई ६० डलरमा पुर्‍याइयाे भने हाम्रो मूल्य स्थिर हुन्छ, हामी ८० डलरमा छौँ, अहिले हामीलाई २० डलरको मार छ भने यो १०० डलर पुग्छ भनेपछि तपाईँले हेरिहाल्नुस् कहाँ पुग्छौँ भन्ने कुरो ।’

कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गएकाे वर्षको जनवरीदेखि नै घाटामा रहेको बताउनुभयो । उहाँले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो दुई वर्षमा १७/१८ रुपैयाँ घटाएको बताउनुभयो । निगमका कार्यकारी निर्देशक पौडेलले जिम्मेवार सञ्चारमाध्यममा आएका समाचार निगमको कुरालाई विश्वास गर्न पनि आग्रह गर्नुभयो । उहाँले निगमले अहिलेसम्म तथ्याङ्क नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गालीगलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताउनुभयो ।

कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रति लिटर १५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर २० रुपैयाँ र एलपी ग्यासमा सात सय २० रुपैयाँ घाटा रहेको बताउनुभयो । उहाँले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाए पनि २० अर्ब नोक्सानमा जाने दाबी गर्नुभयो । कार्यकारी निर्देशक पौडलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर एक सय ४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah