काठमाडौं, १९ कात्तिक । नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने बताएका छन् ।

बेलायतबाट फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सहमति जनाउँदै आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्र पठाइसकेको बताएपछि आएको राजनीतिक तरंगबीच श्रेष्ठले यस्तो भनेका हुन् ।

उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवम् राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याएसम्म एमसीसी संसदबाट पारित हुन नसक्ने अडान राखेका छन् । ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवम् राष्ट्रिय हित विपरीतका प्रावधान नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार्न सक्दैन’, उनले भनेका छन्, ‘यसलाई यही अवस्थामा संसदबाट पारित गर्न पनि सकिन्न । यो नै हाम्रो पार्टीको आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं र भ्रामक प्रचार नगरौं ।’

यसैबीच अध्यक्ष प्रचण्डले पनि बिहीबार आफ्नो निवासमा देउसी खेल्न आएका कलाकार र पत्रकारको टोलीलाई एमसीसी पास गर्ने सहमतिसहित अमेरिकालाई चिठी नपठाएको स्पष्टीकरण दिएका थिए । ‘शेरबहादुरजीले हामीले सहमति जनाएर चिठी पठाइसक्यौं भनिदिनु भएछ, त्यसले तरङ्ग पैदा भएछ । साथीहरुलाई जवाफ दिनुपरेको छ’, उनले भने, ‘तर पछि शेरबहादुरजीले मैले त्यस्तो कहाँ भनेको छु र ? भन्नु भयो । हामीले त्यस्तो चिठी पठाएका छैनौं ।’ नया पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah