काठमाडौं, २२ कात्तिक । देशभर जाडो बढ्दै गएको छ । आज (सोमबार) पनि देशका केही भागमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । बिहान देशभर आंशिक बदलीको अवस्था रहेको, दिउँसो र राति केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्कले जानकारी दिए ।

आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । केही दिनदेखि मौसम देशभर एकै खालको छ । प्रदेश–१ र गण्डकी प्रदेका केही भागमा छिटफुट वर्षा र यी प्रदेशका थोरै हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।

हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ९.८ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रधानाङ्कले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आज दिउँसो तापक्रम २२–२४ डिग्री सेल्सियससम्म पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah