बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासका मत पाएका छन्।

यही कात्तिक ११ गते पाँच दलीय गठबन्धनका साझा उम्मेद्वारका रुपमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले प्रदेशसभामा कामय रहेको १०९ मत मध्ये ५९ मत पाएका छन्। उनको विपक्षमा एमालेको ४३ जना सांसदले मतदान गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाण्डेले कात्तिक १४ गते दर्ता गराएका विश्वासको मतको प्रस्ताव दर्ता गराएका थिए।

नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले मुख्यमन्त्रीमा समर्थन गरेका थिए। गठबन्धनमा रहेका माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसदले पाण्डेलाई मत दिएका हुन्।

नेमकिपा र विवेकशील साझाका दुई सांसद भने मतदानम तटस्थ बसे।