काठमाडौं, २६ कात्तिक । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बिहीबार साँझ सम्ममा १२ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अध्यक्षका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि आवेदन दिएका छन् । त्यसैगरी बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया, बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाइँ, अनिल पौडेल, केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाई, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछानेको आवेदन परेको छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले १५ दिनको समय दिएर कात्तिक ११ मा शिलबन्दी आवेदन आह्वान गरेको थियो ।

समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र प्राडा नारायण पौडेल छन् । परेका आवेदनमध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ । सिफारिस हुने तीन नाममध्येबाट मन्त्रिपरिषदले एक जनालाई अध्यक्ष छान्ने कानुनी व्यवस्था छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएपछि उक्त पद खाली छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah