नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनहरुबीचको वार्ता असफल भएको छ । निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताहरुले बताएका छन् ।

सोमबार दुबै पक्षबीच भएको वार्ता पछि आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको बताउँदै पछिल्लो समयमा बढाईको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् । अत्याधिक मूल्यबृद्धि गर्दापनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै अध्यक्ष सिंहले भनिन्, “भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्री गर्दापनि अझै घाटा भयो रे कसले पत्याउने ?”

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले आजै मन्त्रालयमा भएको वार्तामा आफूहरुले निगम व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नुपर्ने माग राखेको जानकारी दिइन् ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले व्यक्ति मोटाउने र जनता चुस्ने उपमाको रुपमा आयल निगम भएको बताए ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टी पनि सत्तामा भएपनि उसले गर्ने राम्रो कार्यलाई साथ र जनतालाई पेल्लने कार्यमा विरोध गर्ने धारणा राखे । उनले नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भइरहेको र त्यसलाई छानविन गर्नु पर्ने पनि बताए । अध्यक्ष पराजुलीले मुल्य फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्ने बताए ।

कार्यक्रममा निगमका प्रवक्ता विनितमणी उपाध्यायले पेट्रोलियमको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दैै गएकाले आफूहरुले एक महिनामा २ पटक मूल्य समायोजन गर्नु परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah