नेकपा एमालेका नेता भीम रावलले भारतीय योगगुरुलाई टीभी सञ्चालन गर्न दिनु देशकै कानूनको निर्लज्ज उल्लंघन भएको बताएका छन् ।

‘प्र.मं. देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रवार पतञ्जली नेपालले सञ्चालनमा ल्याएको आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । त्यहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसमेत सहभागी थिए ।

भारतीय योगगुरु रामदेव अहिले नेपालमा छन् ।

https://twitter.com/BhimRawal179/status/1462041941034422279?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1462041941034422279%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F163402%2F2021%2F11%2F20%2Fpolitics%2Fbhim-rawal-