महाेत्तरी - प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण गराउनुभएको हो ।